ओसाका, जापान । जापानको ओसाकामा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” हुने भएको छ । गैर आवसिय नेपाली संघ एनआरएन कान्साईको आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सह-आयोजनामा बृहत रुपमा फेष्टिवल यही अप्रील २६ र २७ तारिक दुई दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा आयोजना गर्न लागिएको हो ।
बिहिबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै एनआरएन कान्साईले फेष्टिवल आयोजना बारे कान्साईमा रहेका नेपाली संघ संस्थाहरु संग छलफल गरेको हो । फेष्टिवलको हाल सम्म भएको कार्य प्रगति तथा भावि कार्यक्रमका सम्बन्धमा मूल आयोजक कमिटी संयोजक तथा एनआरएन जापानका उपाध्यक्ष कृष्ण गैरेले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको व्यवस्थापकिय पाटो बारे व्यवस्थापन समिति संयोजक नरेन्द्र कुमार बस्नेत दिनेशले बताउनु भएको थियो ।
मूल आयोजक समिति अन्र्तगत विभिन्न ११ वटा उपसमितिहरु समेत गठन भएका छन् जसमा तुलसीराम खरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति सहित स्टल व्यवस्थापन समितिको संयोजक महेश कुमार कटवाल, खाद्ध गुणस्तर मापन समितिको संयोजक टिकाराम कडेंल, सांस्कृतीक तथा झाँकी व्यवस्थापन समितिको संयोजक टिआर गौडेल, सुरक्षा तथा स्वयम सेवक व्यवस्थापन समितिको संयोजक भीम काउछा, प्रचार प्रसार समितिको संयोजक तेज गुरुङ, मिडिया व्यवस्थापन समितिको संयोजक पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समितिको संयोजक सुवाष कडेल, संघ संस्था समन्वय समितिको संयोजक हरि कडेल, फुलमाला ब्याज व्यवस्थापन समितिको संयोजक सपना डल्लकोटी, अतिथि व्यवस्थापन समितिको संयोजक हरिराज ढकाल रहनु भएको संयोजक गैरेले जानकारी दिनु भएको थियो ।
छलफल कार्यक्रममा फेष्टिवल सम्पन्न गर्नका लागि सहभागि वक्ताहरुले सल्लाह तथा सुझाव दिनु भएको थियो एनआरएन कान्साईका पूर्व संयोजकहरु हरिराज ढकाल, समाजसेवीहरु रमेशबाबु घिमिरे, सुनिल केसी, लाक्पा दोङ, तेज गुरुङ, कृष्ण भुषाल, बल बहादुर क्षेत्री, पत्रकार पुरुषोत्तम लामिछाने, झरेन्द्र कुमार कुवर लगाएतका वक्ताहरुले आफ्नो धारणा राख्नु भएको थियो ।
एनआरएनए क्षेत्रीय समिति कान्साईको मिति २०२४ डिसेम्बर ११ र १६ तारीख़का दिन संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त रुपमा बसेको बैठकबाट मिति २०२५ अप्रिल २६ र २७ तारिक नेपालको कलासंस्कृति भेषभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पूर्याउने उद्देश्यका साथ ऐतिहासिक “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” गर्ने निर्णय गरेको थियो ।
फेस्टिवल लाई भब्य र सभ्यरुपमा सफल पार्न एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरे मूल आयोजक समिति संयोजक र एनआरएनए जापान विशेषज्ञ समिति सदस्य नरेन्द्र कुमार बस्नेत दिनेश व्यवस्थापन समितिको संयोजक रहने गरी मूल आयोजक समिति गठन गरी कार्य अगाडी बढाएको एनआरएन कान्साईका संयोजक हरि कडेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया