भक्का परम्परागत स्वाद र जीविकोपार्जनको आधारदमक९झापा० । पूर्वी नेपालको झापामा मौलिक परिकार भक्का प्रसिद्ध छ । यो स्थानीय रैथाने परम्परागत परिकारका रुपमा लोकप्रिय छ ।देशका हरेक ठाउँका आफ्नै विशिष्ट परिकार भएझैँ झापाको पहिचानका रूपमा भक्का स्थापित हुँदै आएको छ । दमक क्षेत्रमा भक्का खानकै लागि टाढा टाढाबाट मानिसहरू आउने गर्छन्, जसले यो परिकार केवल स्वादमा मात्र होइन, संस्कृतिमा पनि गहिरोसँग जोडिएको देखाउँछ ।भक्का व्यापारका लागि न त निश्चित पसल हुन्छ, न त भाडा तिरेर राखिएको कुनै संरचना नै देख्न पाइन्छ । दमकका सडक छेउछाउमै भक्का बनाउँदै र बेच्दै गरेको दृश्य सहजै देख्न सकिन्छ । भक्कालाई विशेषगरी झापा र मोरङमा बसोबास गर्ने राजवंशी जातिको मौलिक परिकारका रुपमा चिनिन्छ ।सडक किनार र खुल्ला सार्वजनिक स्थलहरुमा न्यून आय भएका स्थानीयहरुका लागि भक्का व्य
प्रतिक्रिया