चलचित्र ‘सोली डोली’ निर्माणको घोषणा

काठमाडौँ - नेपाली कथानक चलचित्र ‘सोली डोली’ निर्माणको घोषणा भएको छ ।

चलचित्र निर्माण टिमले आइतबार चलचित्रको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो ।

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार हुने यस चलचित्रमा ४ नायक र ३ नायिका रहने भएका छन् । चलचित्र ‘२ नम्बरी’ का निर्माता किरण नेपालीले चलचित्र ‘सोली डोली’ लाई निर्देशन गर्दैछन् ।

पूर्ण रुपमा कमेडी कथामा निर्माण गर्न लागिएको यस चलचित्रमा अमला देवी राई, प्रदीप भारद्वाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहनेछ । सरोज नेपाली कार्यकारी निर्माता रहनेछन् भने चलचित्रको कथा प्रदीप भारद्वाजको छ ।

कलाकारको नाम भने केही दिनमा नै सार्वजनिक गर्ने चलचित्र निर्माण टिमको तयारी रहेको छ ।