images

डलर र रियाल स्थिर, युरो र पाउण्डको मूल्य घट्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज आइतबारको तुलनामा स्थिर छ । डलर आज एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ । 
यस्तै,युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसामा झरेको छ । आइतबारयुरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसामा कारोबार भएको थियो। 
आज बेलायती पाउण्ड पनि घटेर आएको छ । पाण्उड आज एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसामा कारोबार भैरहेको छ।हिजो पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ०८ पैसा पुगेको थियो । 
यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ।

सोमबार २७ जेठ २०८१ ०७:१२ AM मा प्रकाशित

प्रतिक्रिया