काठमाण्डौँ - प्रतिनिधि सभाको अर्को बैठक असार २९ गते बस्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण केही दिनदेखि अवरूद्ध प्रतिनिधि सभा बैठक सोमबार दिउँसो बसेको थियो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिएका थिए । उनले भावनामा बगेर आफूले त्यो अभिव्यक्ति दिएको र प्रधानमन्त्रीका रूपमा त्यस्तो अभिव्यक्ति दिन हुन्थेन भन्ने आत्मबोध भएको बताएका छन् ।
प्रधानमन्त्रीको स्पष्टीकरणसँगै यसअघि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेको एमाले संसद चलाउन तयार भएको हो ।