images

अपाङ्गता भएकाहरूको वृद्धि विकासका लागि नगरपालिका प्रतिबद्ध: नगरप्रमुख रिसाल

असार २६, काठमाडौं । राजधानीको गोकर्णेश्वर—६ स्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति तथा अन्य छात्रवृत्ति वितरण गरेको छ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका विद्यार्थीहरूको हक अधिकारमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले अपाङ्गता भएका विद्यार्थीहरूको मात्र नभइ सबै खाले फरक क्षमता भएका विद्यार्थीहरूका लागि गोकर्णेश्वर नगरपालिकाले उदाहरणीय काम गरिरहेको भन्दै प्रसंशा गर्नुभयो । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले नीति तथा कार्यक्रम मार्फत नै नगरपालिकाले अपाङ्गता भएकाहरूको वृद्धि विकासमा सहयोग गरिरहेको जानकारी दिनुभयो । खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय, अर्थोपेडिक अस्पताल नगरपालिकाकै धरोधर भएको भन्दै नगरप्रमुख रिसालले यी निकायको स्तरोन्नति सधै प्राथमिकतामा रहेको बताउनुभयो । अपाङ्गता भएकाहरूको रोजगारीका लागि पनि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । पूर्व वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्यालको सभापतित्वमा भएको कार्यक्रममा कक्षा १ देखि कक्षा १२ सम्मका १ सय २० जनालाई आवसीय छात्रवृत्ति तथा अन्य छात्रवृत्ति वितरण गरिएको थियो ।

बुधबार २६ असार २०८१ १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया