काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको स्वाधिनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरे। ‘प्रधानमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुस्,’ उनले भने ।
बोली चिप्लिँदा तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको प्रसङ्ग कोट्याउँदै उनले प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिनुपर्ने बताए । मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक अन्तिम दिन पेस गर्न खोजिएकोप्रति आशंका उब्जिएको उनको भनाइ छ ।