चीनको किन्डरगार्टनमा छुरा प्रहार : बालबालिकासहित ६ जनाको मृत्यु

काठमाडौँ - चीनको एक किन्डरगार्टनमा अन्धाधुन्ध छुरा प्रहार हुँदा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी प्रान्त गुआङडोङको एक किन्डरगार्टनमा भएको उक्त घटनापछि प्रहरीले २५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।