काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
आज बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।
उनले गत आर्थिक वर्षमा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको बताए ।