images

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

काठमाडौं । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो । सेनाका अनुसार अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको जानकारी दिएको छ । गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षती भएसँगै हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
 

बुधबार २५ भदौ २०८२ ०२:१६ PM मा प्रकाशित

प्रतिक्रिया