images

चन्द्रपुरमा माघी महोत्सव हुने

रौतहट । माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं। १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि थारु कल्याणकारी सभा लगायतका विभिन्न संगठनले सन्तपुरमा माघी महोत्सव गर्न लागेको हो । थारु कल्याणकारी सभा रौतहटका अध्यक्ष जगरनाथ चौधरीका अनुसार  माघी महोत्सवको उद्घाटन मधेश प्रदेशका गृह तथा संचारमन्त्री राज कुमार लेखीले गर्ने तय भएको छ । माघ १ देखी ३ गतेसम्म माघी महोत्सव हुने उनको भनाइ छ । माघीकै अवसरमा थारु जातिको ऐतिहासिक नाच , पहिरन , खाना र दैनिक कार्यमा प्रयोग हुने विविध सामनहरु प्रर्दशनीमा राखिने उनले जानकारी दिए । थारु समुदायको परम्परागत खाना घोंगी, माछाको सिध्रा, माछाको सुकुटी, मासु, भुजाको लड्डु पर्दछ । थारु समुदायका युवा पनि आधुनिक संस्कृतितर्फ लागेपछि आफूहरूको संस्कृति ओझेलमा पर्न थालेको प्रति उनले चिन्ता व्यतm गरे । थारु समुदायका युवाले आफ्नो परम्परा र संस्कृति नर्बिसुन् भन्ने उद्देश्यले यो वर्ष महोत्सव वा सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिएको चन्द्रपुर नगरपालिकाका वडा न १० का वडा अध्यक्ष टंकेशवर चौधरीले बताए ।   यस्ता किसिमको महोत्सवका कार्यक्रम हुनुपर्नेमा उनले जोड दिए । थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघे संक्रान्तिका दिन ठुलो परिवारका थारु समुदायका परिवार एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय गर्ने गर्दछन् । यहाँको जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, मैरा, कटानी चोचा, रंगपुर, राजपेडा लगायतमा थारुको बहुल्यता रहेको छ ।
 

शनिबार २७ पुस २०८१ ०९:१० AM मा प्रकाशित

प्रतिक्रिया