images

बोलेरो जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

सुर्खेत । सल्यानमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना भएको हो ।दुर्घटनामा जिप चालक विजय बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।चार जना सवार जिपमा रुकुम पूर्वको सिस्ने–२ की २२ वर्षीया सुस्मी रोका, उनकी २ वर्षीया छोरी सफलता केसी र सिस्ने–४ की ३८ वर्षीया ललिता केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा। हेमबहादुर केसीले बताए।घाइतेको कपुरकोटस्थित आधारभुत स्वास्थ्य संस्थामा प्राथमिक उचिार पछि लुम्बिनी प्रादेशिक अस्पताल दाडको तुलसिपुर पठाइएको प्रहरीले जनाएको छ ।

बुधबार २८ माघ २०८२ १२:१० PM मा प्रकाशित

प्रतिक्रिया