images

गल्कोट समाज जापानद्वारा १९ विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना

ओसाका, जापान । गल्कोट समाज जापानको सहयोगमा गल्कोट नगरपालिका र तारा गाउँपालिकाका सम्पूर्ण माध्यमिक तहका सामुदायिक विद्यालयमा “छात्रवृत्ति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम” सम्पन्न भएको छ।

“समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्देश्यका साथ गल्कोट समाज जापानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको साङ्गीतिक श्रृङ्खला २०२५/०२६ बाट संकलित रकममार्फत गल्कोट नगरपालिका र तारा गाउँपालिकाका १९ वटा विद्यालयमा प्रतिविद्यालय ५–५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरि हस्तानतरण गरिएको समाजका महासचिव दिलिप कडेंले बताए ।

पहिलो चरणअन्तर्गत गत वर्ष गल्कोट नगरपालिकाका वडा नं. १ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, वडा नं. २ श्री महेन्द्र माध्यमिक विद्यालय, वडा नं. ४ श्री खरुवा माध्यमिक विद्यालय, वडा नं. ५ श्री पृथ्वी माध्यमिक विद्यालय, वडा नं. ६ श्री पार्वती माध्यमिक विद्यालय, वडा नं. ७ श्री जनहित माध्यमिक विद्यालय, वडा नं. ८ श्री जनजागृति माध्यमिक विद्यालय, वडा नं. ९ श्री भैरव माध्यमिक विद्यालय, वडा नं. १० श्री पाण्डवखानी माध्यमिक विद्यालय र वडा नं. ११ श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको थियो। त्यस्तै तारा गाउँपालिकामा रहेको श्री नेपाल माध्यमिक विद्यालयमा पनि अक्षयकोष स्थापना गरिएको थियो।

दोस्रो चरणअन्तर्गत गत वर्ष बाँकी रहेका विद्यालयहरूमा पनि अक्षयकोष स्थापना गरिएको छ। यस अन्तर्गत गल्कोट नगरपालिका वडा नं. १ स्थित श्री चौराहा माध्यमिक विद्यालय, वडा नं. ३ गल्कोट माध्यमिक विद्यालय र शिव माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। त्यसैगरी तारा गाउँपालिकाअन्तर्गत वडा नं. १ स्थित प्रजातन्त्र माध्यमिक विद्यालय र जनप्रेम माध्यमिक विद्यालय, वडा नं. २ अर्गल माध्यमिक विद्यालय, वडा नं. ३ हरि माध्यमिक विद्यालय तथा वडा नं. ५ दुर्गा भवानी माध्यमिक विद्यालयमा पनि प्रतिविद्यालय ५–५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको समाजका उपाध्यक्ष शिबु थापाले जानकारी दिए ।

 

बुधबार २७ फागुन २०८२ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया