images

आजको मौसम स् देशभरको मौसम मुख्यतया सफा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ ।जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ ।आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 

बिहीबार २५ मंसिर २०८२ ०८:३३ AM मा प्रकाशित

प्रतिक्रिया