ओसाका, जापान । जापान भ्रमणको क्रममा रहनु भएका नेपाली लोकदोहोरी क्षेत्रका राष्ट्रीय कलाकारहरुलाई गल्कोट समाज कान्साईले नेपाली लोकदोहोरी क्षेत्रमा अतुलनिय योगदान दिएको भन्दै सम्मान गरेको छ ।
जापानको ओसाकामा एक कार्यक्रमको आयोजना गरी कलाकारहरु विष्णु खत्री, देवी घर्ती मगर र अर्जुन सापकोटालाई सम्मान गरेको हो ।
गल्कोट समाज जापान कान्साईका अध्यक्ष नरबहादुर थापाको सभापतित्वाम भएको उक्त कार्यक्रममा गल्कोट समाज जापानको सिंगो टीम सहित, जनप्रगतिशिल मञ्च कार्यसमिति, जनप्रगतिशिल मञ्च कान्साईको प्रतिनिधीहरु तथा जापानमा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तित्वहरु बिशेष उपस्थितीमा कलाकारहरुलाई नगद सहित प्रमाण पत्रबाट सम्मान गरीएको थियो ।
सोही सन्दर्भ पारेर जनप्रगतीशील मञ्च कान्साईले पनि उक्त कलाकारहरुलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया