उपराष्ट्रपतिमा मनोनयन फिर्ता लिने समय घर्कियो, ४ जनाकै उम्मेदवारी कायम !

 काठमाडौँ - चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराएका चारैजनाको उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि ४ जनाकै नाम राखेर निर्वाचन कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो । जसपाले महिला र पुरुष दुई उम्मेदवार उठाएकोमा प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने भनिएको थियो । तर अन्तमा उनले फिर्ता लिन नमानेको स्रोतको भनाइ छ ।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य, जसपा उम्मेदवार रामसहाय प्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीकी उम्मेदवार ममता झा प्रतिस्पर्धामा छन् ।