एमालेको प्रमुख सचेतकमा पदम गिरी नियुक्त

काठमाडौँ - नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका हुन् ।

गिरी पर्वतबाट निर्वाचित सांसद हुन् । उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।

बर्तौला मकवानपुर २ निर्वाचित सांसद हुन् ।