images

बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् स् प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार रहेको बताएका छन् । सोमबार २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भनि शुभकामना दिएका हुन् । ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । बुद्ध जयन्तीले हामीलाई उनको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने उल्लेख गरेका छन् ।ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन । उनले थप लेखेका छन्,‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्। सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्।’
 
 

सोमबार २९ बैशाख २०८२ ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया