व्यवसायीदयानिधि सापकोटालाई लण्डनमा सम्मान

काठमाडौं । बेलायत लेस्टरका एकजना सफल नेपालीव्यवसायीदयानिधि सापकोटा लण्डनमा सम्मानितभएका छन् ।लण्डनबाट सन्चालितअनलाइन मिडिया साउथएसिया टाइमले एक कार्यक्रमबीच सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हो ।बेलायतस्थित नेपालीदूतावासकी उपनियोग प्रमुख रोशनखनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे ।सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रियभूमिकामाथिए ।उनले नेपालमाआपतविपत र प्राकृतिकविपत्तिहुँदाहोस् वा शैक्षिकतथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।बाग्लुङ काठेखोलागाउपालिकाबिहुँकोट ५ देउरालीमाबुबापद्मनाथ सापकोटा र आमाभावी सापकोटाको कोखबाट जन्मिएकादयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकमअध्ययनगर्दै गर्दा सन् १९९३ मा जर्मनीपुगे ।करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायतआएकाहुन् ।बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनिहुन् ।