काठमाडौँ - बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।
पौडेल पक्राउ परेसँग हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ जना पुगेको छ ।