images

महासंघको अपिलः शान्ति, सुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, शुशासन र सुरक्षासँगै निजी क्षेत्रको सुरक्षण आवश्यक रहेको बताएको छ ।महासंघले बुधबार कार्यकारिणी समिति र पूर्व अध्यक्षहरुसँगको बैठकपछि जारी वक्तव्यमार्फत पछिल्लो घटनाक्रममा केही उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा तोडफोड र आगजनी जस्ता घटनाहरू भएको जनाउँदै ती घटनाको कडा भत्र्सना गरेको छ । महासंघले व्यक्तिगत तथा व्यावसायिक सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितता गर्न सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।महासंघका अनुसार तोडफोड र आगजनीका कारण मुलुकभरका उद्योग व्यवसाय प्रतिष्ठानमा अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ, जसले राजस्व र कुल गार्हस्थ्य उत्पादनमा गम्भीर असर पार्ने देखिएको छ ।महासंघले आन्दोलनको मूल मुद्दा सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, र राजस्वको सदुपयोगजस्ता विषयमा युवा पुस्ताको चासो रहेको भन्दै उनीहरूको आकांक्षा अनुसार समुन्नतिको यात्रामा देश अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ ।महासंघले शान्ति सुरक्षाको सुनिश्चितता, अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्ति, निषेधाज्ञा र कफ्युका समयमा औषधि, खाद्यान्न, दुध, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक वस्तुको अवरुद्ध नभएको आवतजावतको व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै, केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहेका सुरक्षा समितिहरूमा महासंघ तथा सदस्य संघका प्रतिनिधिहरूलाई समावेश गर्न पनि माग गरेको छ ।
 

शुक्रबार​ २७ भदौ २०८२ ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया