काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । सभापति देउवा आज राति ११ सिंगापुर एयरलाइन्सबाट त्यसतर्फ जान लागेका हुन् ।
नियमित फलोअपका लागि देउवा सिंगापुर जान लागेका हुन् । पेट सम्बन्धि समस्या देखिएपछि देउवाले विगत १३ वर्षदेखि सिंगापुरमा एक जना डाक्टरलाई नियमित रुपमा देखाउँदै आएका थिए ।
दुई-दुई वर्षमा फलोअपमा जानुपर्ने भएपनि पछिल्लो पटक विभिन्न कारणले तीन वर्षदेखि जान नसकिएको र यो पटक फलोअपकै लागि देउवा सिंगापुर जान लागेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । परिवारका अनुसार देउवासँग पत्नी आरजू देउवा र सहयोगी भानु देउवा पनि सँगै जाने छन् । उपचार सकिएपछि देउवा स्वदेश फर्किने तयारी छ ।