काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ नेतृत्व पाएको छ । उक्त संगठनको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् । महासचिवमा भने दीपक धामी निर्वाचित भए । अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमार्फत अध्यक्षमा कडरियाले ७३२ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी प्रकाश पौडेलले भने ७२५ मत पाए । उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ विजयी भए । उपमहासचिवमा कमल जोशी विजयी भए भने सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए । विद्युतीय मेसिनमार्फत भएको मतदान १५५१ मतदातामा रहेकोमा १४५० मत खसेको थियो । निर्वाचन समितिले सम्पूर्ण नतिजाको अन्तिम तयारी गरेको छ ।
प्रतिक्रिया