काठमाडौँ - स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भएका छन् ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गंगालाल अस्पताल लगिएको थियो । राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले नियमित चेक जाँच गर्दा डाक्टरले १२ घण्टासम्म निगरानीमा बस्नुपर्ने बताएपछि अस्पतालमा भर्ना गरिएको बताए ।