काठमाडौं । पोखरा एभेन्जर्सले स्कटल्याण्डकाक्रिकेटर माइकललिस्कलाई टोलीमाअनुबन्ध गरेको छ । नेपालप्रिमियर लिग (एनपीएल) को लागिपोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमालिस्कलाई भित्र्याएको हो । ३४ वर्षीय लास्कअलराउन्डर हुन्। उनीलामो छक्काप्रहारका लागि परिचितछन्। उनले टी–२०मा ८० म्याच खेलेका छन्। जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएकाछन्। ’एनपीएल र पोखरा एभेन्जरसँग जोडिनपाउँदा म अत्यन्तै खुसी छु। पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामीमैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ,’लास्कले भने । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लास्कको आगमनले पोखराको खेल प्रदर्शन अब्बलहुने बताए । टिमकाम्यानेजिङडिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीको आबद्वताले टिम र एनपीएलको भ्यालु बढाउने भन्दै खुसीव्यक्त गरे। एनपीएलकै सबैभन्दामहँगो टिमपोखरामा नेपाली राष्ट्रियटोलीकाओपनर कुशलभुर्तेल मार्की खेलाडीका रूपमाछन्। त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाशचन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिनखत्री, दिलिपनाथ, तृत राज दास, सुनमगौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएकाछन्। त्यस्तै आइपीएलमाचेन्नई सुपरकिङ्सका लागिब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिवकुमारलाई पोखराले मुख्यप्रशिक्षकका रुपमाअनुबन्ध गरिसकेको छ। एनपीएलआगामीमंसिर १५ देखि पुस ६ सम्म आयोजनाहुँदैछ।
प्रतिक्रिया