काठमाडौं । श्रम संस्कृति पार्टीले त्रिभुवन विश्वविद्यालय ९त्रिवि० कीर्तिपुर परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ । शनिबार पार्टीका कार्यकर्ताहरूले श्रमदान गर्दै त्रिवि कीर्तिपुर क्षेत्रको सरसफाइ गरेका हुन् ।कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सह–कोषाध्यक्ष जितेन बन्तवा राईले पछिल्लो ५३ दिनदेखि निरन्तर रूपमा काम भइरहेको जानकारी दिए। उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा फैलिएको घना जंगल र झाडी हटाउने काम सम्पन्न भएको छ ।राईले भने, ‘पहिले यो क्षेत्र चितुवा बस्न सक्ने जस्तो झाडीले ढाकिएको थियो भने लागूऔषध प्रयोग गर्नेहरूको थलोसमेत बनेको थियो । हामीले करिब ५३–५४ दिनको निरन्तर श्रमदानबाट सबै झाडी फाडेर हटाएका छौं । अब दोस्रो चरणमा सरसफाइको काम हुन्छ । त्यसपछि गार्डेन निर्माण र वृक्षरोपण गरिनेछ ।’उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा विभिन्न किसिमका गार्डेन निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ । शनिबार मात्रै देशभरका ७७ वटै जिल्लाबाट करिब ४०० जनाको सहभागितामा श्रमदान कार्यक्रम सम्पन्न भएको उनले बताए । श्रम संस्कृति पार्टीले श्रम, सरसफाइ र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ
प्रतिक्रिया