images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज९शनिबार०का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो ४०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो प्रतिकिलो १८ रुपैयाँ, आलु रातो ९भारतीय० प्रतिकिलो २२ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो ३४ रुपैयाँ रहेको छ ।यसैगरी, गाजर ९लोकल० प्रतिकिलो २५ रुपैयाँ, गाजर ९तराई० प्रतिकिलो २५ रुपैयाँ, बन्दा ९लोकल० प्रतिकिलो २० रुपैयाँ, बन्दा ९नरिबल० प्रतिकिलो १५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १५ रुपैयाँ, काउली तराई प्रतिकिलो २० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला ९लोकल० प्रतिकिलो १० रुपैयाँ, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी ९लोकल० प्रतिकिलो २५ रुपैयाँ, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो २० रुपैयाँ, घिउ सिमी ९राजमा० प्रतिकिलो ७० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ३५ रुपैयाँ, तिते करेला प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परवर ९तराई० प्रतिकिलो १०० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५५ रुपैयाँ, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो १० रुपैयाँ, हरियो फर्सी ९डल्लो० प्रतिकिलो १० रुपैयाँ, सलगम प्रतिकिलो ४० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ६५ रुपैयाँ, बरेला प्रतिकिलो ३० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ७० रुपैयाँ, चमसुर प्रतिकिलो ७० रुपैयाँ, तोरीसाग प्रतिकिलो २५ रुपैयाँ, मेथी प्रतिकिलो ७० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ, बकुला प्रतिकिलो २५ रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ ९कन्य० प्रतिकिलो १२० रुपैयाँ, च्याउ९डल्ले० प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी २८० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ ।स्याउ ९झोले० प्रतिकिलो २०० रुपैयाँ , स्याउ ९फुजी० प्रतिकिलो २५० रुपैयाँ, केरा ९दर्जन० १८० रुपैयाँ, कागती प्रतिकिलो २५० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, अङ्गुर ९हरियो० प्रतिकिलो २०० रुपैयाँ, अङ्गुर९कालो० प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला ९भारतीय० प्रतिकिलो १३० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो ९लोकल० प्रतिकिलो ५० रुपैयाँ, काँक्रो ९हाइब्रिड० प्रतिकिलो ४० रुपैयाँ, काँक्रो ९लोकलक्रस० प्रतिकिलो ४० रुपैयाँ, रुख कटहर प्रतिकिलो १०० रुपैयाँ, नास्पाती ९चाइनिज० प्रतिकिलो २३० रुपैयाँ, मेवा ९नेपाली० प्रतिकिलो ५० रुपैयाँ, मेवा ९भारतीय० प्रतिकिलो १०० रुपैयाँ, लप्सी प्रतिकिलो २८०, स्ट्रबेरी प्रतिकिलो ३०० रुपैयाँ, किबी प्रतिकिलो ३०० र एभोकाडो प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

शनिबार ३० फागुन २०८२ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया