images

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बस्ने भएको छ ।कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत्र १ गते ९आइतबार० दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो ।बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरिने बताइएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि दुलालले जानकारी दिए ।

शनिबार ३० फागुन २०८२ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया