काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बालेन्द्र शाह ९बालेन० लाई भाषणमा भनेका कुरा पूरा गर्न आग्रह गरेका छन् ।शनिबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले पाउन बाँकी रहेको अधिकार बालेन नेतृत्वको सरकारले पूरा गर्नेमा आशावादी रहेको बताए ।उनले प्रदेश सरकारको मातहतमा हालसम्म आफ्नो प्रहरी नभएको गुनासो सुनाए । उनले जनकपुरधाममा बालेनले काठमाडौं घुम्न मात्र आउनु अधिकार माग्न नआउनु भनेको स्मरण गराउँदै प्रदेशलाई आवश्यक रहेको अधिकार अब दिनुपर्नेमा जोड दिए ।मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनमा प्रहरी प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रहरीले खेलेको भूमिकाप्रति बधाई ज्ञापन गरेका छन् ।
प्रतिक्रिया