काठमाण्डौँ - बाजुराको पुर्वीउतरी भेगमा रहेको जगन्नाथ गाउँपालिकामा मंगलबार साँझ चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका वडा १ का ३१ वर्षीय यमराज विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटनमा भैंसी गोठालो गएको थिए । भैंसी गोठालो गएका उनको राती करिब ८ बजे रुखमा चट्याङ परेर ज्यान गएको प्रहरीको भनाइ छ । घटनास्थलतर्फ प्रहरीको टोली राती १ बजेनै गइसकेको तर घटनास्थलसम्म भने अहिले नपुगेको बताइएको छ । थप विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।