कोशी प्रदेश : केदार पक्षको सनाखत जारी, आङ्बो पक्ष नआउने

विराटनगर । बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीको दाबी पेश गरेका सत्ता गठबन्धन सनाखतमै नजाने भएको छ । मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीको पक्षमा ४७ सदस्यले हस्ताक्षर गरेपछि सत्ता गठबन्धन सनाखत मै नजाने भएको हो । संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान भएपछि सत्ता गठबन्धनका तर्फबाट इन्द्र आङ्वो र काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कार्कीलाई एमालेका ३९ प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन । दुवैले दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षलाई सनाखतको समय दिएका थिए । कार्कीको पक्षमा हस्ताक्षर गर्नेको अहिले सनाखत भइरहेको छ । कोशीमा कांग्रेससहितकाे गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई चुनेपछि कांग्रेस संस्थापनइतर नेता शेखर काेइराला पक्षका केदार कार्कीले एमालेसँग मिलेर कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदकाे हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । अहिले कार्कीको पक्षमा रहेको सांसदहरूको सनाखत भइरहेको छ ।