images

जोखिमयुक्तफोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नैपर्छ ः सुनिता डंगोल

काठमाडौं । काठमाडौंमहानगरपालिकाकीउपप्रमुखएवं अनुगमन समितिकी संयोजक सुनिता डंगोललेस्वास्थ्य संस्थाहरुले जोखिमयुक्तफोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने बताएकी छिन् । स्वास्थ्य संस्थाहरुबाट उत्पादनभएको फोहोर व्यवस्थापनको अनुगमनबाट देखिएको अवस्थाकाबारेमा जानकारी दिँदै उनले जोखिमयुक्तफोहोर व्यवस्थापन गर्नमापदण्ड पूरा हुनुपर्नेभन्दै थालिएकाप्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यकभएको बताईन् । उनले भनिन्, ‘अहिलेसम्म ६ वटा अस्पतालको अभ्यास हे¥यौँ । सबैमा केही न केहीप्रयास भएको छ । कार्य सञ्चालन प्रणाली केही उस्तै र केही फरक भेटिएका छन् । कसैको अलिअलि सुधार गर्नु पर्ने देखिन्छ । कसैको धेरै नै सुधार गर्नु पर्ने देखिएको छ । थालिएकाप्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यक छ ।’
 

बिहीबार ३ फागुन २०८० ०३:२६ PM मा प्रकाशित

प्रतिक्रिया