चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक

काठमाडौँ - चलचित्र ‘बिच्छेद’ को प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक भएको छ ।

सत्यराज चौलागाईद्वारा निर्देशित यस चलचित्रको प्रदर्शन मिति उल्लेख गर्दै शनिबार निर्माण टिमले एउटा पोस्टर सार्वजनिक गरेको हो । आगामी मंसिर ८ गतेबाट प्रदर्शन मिति तोक्दै सार्वजनिक गरिएको उक्त पोस्टरमा चलचित्रका प्रमुख दुई पात्र अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवा फिचर्ड रहेका छन् ।

तर, उनीहरुको अनुहार भने देखाइएको छैन । उनीहरू कहीं डाँडामा बसेर सेता हिमाल हेर्दै गरेको अवस्थामा प्रस्तुत भएका छन् ।