काठमाडौँ - काठमाडौंको गुर्जुधारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा पछाडि सवार एक युवतीको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ की २० वर्षीया सुमित्रा मोक्तान छिन् । उनको उपचारको क्रममा सहिद मेमारियल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमै उपचार भइरहेको छ । ना ५ ख ५७ ७७ नम्बरको मालबहाक ट्रकलाई ओभरटेक गर्ने क्रममा प्र ३०२ ००९ प २० १३ नम्बरको मोटरसाइकल आज बिहान सवा १० बजे ठोकिएको हो । दुवै सवारी साधनसहित ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।