काठमाडौँ - नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया परिचालनसम्बन्धी कार्ययोजना निर्माण गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभाग प्रमुख राजेन्द्र गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले कार्ययोजना निर्माणका लागि प्रचार विभाग सचिव गगन बिष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको छ ।
विभागले प्रिन्ट मिडिया, अनलाइन मिडिया, टेलिभिजन, रेडियोदेखि सोसल मिडियाको अनुगमन र परिचालनका लागि स्पष्ट कार्ययोजनासहित अघि बढने विभागका अध्यक्ष गौतमले बताए ।