काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो पक्षमा संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तन गरेर आफू अगाडि बढ्ने बताएका छन् ।
विराटनगरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यसअघि पनि आफू महामन्त्रीका लागि भिडेको र अब संख्या पुग्ने बित्तिकै दलको नेता परिवर्तन गरेर अगाडि बढ्ने बताएका हुन् ।
‘संसदीय दलको नेताका लागि मैले भिडेकै हो । गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले पनि संख्या पुर्याएर नेता बनेको स्मरण गरे ।