बाजुरा । बाजुरामा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । एक औपचारिक कार्यक्रम गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।
चाडपर्व लक्षित सुपथ मुल्य पसल देशभरी सञ्चालनमा ल्याइएको छ । सोही अनुरुप बाजुरामा पनि सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट बाजुराका प्रमुख उमेश भण्डारीले बताए ।
उनका अनुसार, मार्तडी र कोल्टी डिपोमा सुपथ मुल्य पसल सञ्चालनमा आएको बताएका छन् ।शाखा कार्यालयबाट चामल र चिनी सहुलियत मूल्यमा बिक्रीवितरण सुरु गरिएको कार्यालय प्रमुख भण्डारीले बताएका छन्।मार्तडीबाट चामल र चिनी दुवै सहुलियत मुल्यमा बिक्रीवितरण भइरहेको र कोल्टीबाट चामल मात्रै बिक्रीवितरण भइरहेको उनको भनाइ छ । चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन भएसँगै चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइने भएको छ ।अरुवा मोटा चामलको साविकको मूल्य प्रति के.जी. ६२ रहेकोमा ५ रुपैयाँ छुटमा अहिले प्रतिकेजी.५७ मा किनबेच भइरहेको छ जसमा २५ केजी कट्टाको चौध सय २५ पर्ने भएको छ । त्यस्तै स्टिम जिरा मसिनो चामलको साविकको मूल्य प्रतिकेजी ९० रहेकोमा ५ रुपैयाँ छुट दिएर प्रतिकेजी ८५ रुपैयाँ विक्रि भइरहेको छ जसमा २५ केजी कट्टाको एक्काइस सय २५ पर्ने भएको हो ।चिनी साविकको मूल्य प्रति केजी १०५ रहेकोमा ५ रुपैयाँ छुट दिएर एक सयमा विक्रि भइरहेको छ । सहुलियत पसलका लागि जिल्लामा ३ हजार ५ सय क्विन्टल चामल र २ सय क्विन्टल चिनी कोटा छुट्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ।दसैं–तिहार, छठ पर्व लक्षित सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसल कार्तिक १० गतेसम्म चल्ने भएका छन् ।त्यस्तै विक्री केन्द्रबाट पनि सुपथ मूल्य पसल सञ्चालन गरिने भएको छ। विक्रि केन्द्रबाट केही कारणवस् सञ्चालन हुन सकेको छैन् ।अस्थायी बिक्री केन्द्र घट्मुना, धुलाचौर, बिच्छ्या हिमाली र पाण्डुसैनबाट पनि सुपथ पसल सञ्चालन हुने भएका छन् । बिक्री केन्द्रमा सहुलियत पसल सञ्चालनको लागी समितिको बैठक बसेर कोटा निर्धारण गरी चामल ढुवानी भएपछि सुरु हुने बताइएको छ ।
प्रतिक्रिया