images

आम सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ निष्कासन सुरु

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो ।यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।यसअघि भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने योजना भए पनि देशको विषम परिस्थिति भएकाले स्थगित गरिएको थियो । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरमार्फत दिन सकिनेछ ।
आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गते बन्द हुनेछ । यस आईपीओका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ जारी गरिसकेको छ ।
 

सोमबार ३० भदौ २०८२ ०६:३० PM मा प्रकाशित

प्रतिक्रिया