काठमाडौं । त्रिभुवनविश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशकनियुक्तभएकाछन् । आइतबारत्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशकनियुक्त गरेको हो । नियुक्तभएकाडीनहरुमाशिक्षाशास्त्र संकायतर्फ प्रा.डा. बेदराजआचार्य, वनविज्ञानअध्ययन संस्थानमा सहप्राध्यापकठाकुर सिलवाल, चिकित्साशास्त्रअध्ययन संस्थानमाप्रा.डा. मोहनराजशर्मा, मानविकीतथा सामाजिकशास्त्रतर्फ प्रा.डा. दुबिनन्दढकालरहेका छन् । यस्तै, व्यवस्थापन संकायमाप्रा.डा. महानन्दचालिसे, विज्ञानतथाप्रविधिअध्ययन संस्थानमाप्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञानअध्ययन संस्थानमा सहप्राध्यापकडा. किशोरचन्द्रदाहाल र इन्जिनियरिङअध्ययन संस्थानमाप्रा.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् । त्यसैगरी परिषदले शिक्षाविकास तथा अनुसन्धान केन्द्रको निर्देशकमाडा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथाप्रविधि अनुसन्धान केन्द्रको निर्देशकमाप्रा.डा. मीना राजभण्डारी र योजनानिर्देशनालयको निर्देशकमा सहप्राध्यापकडा. लक्ष्मीकान्तशर्मालाई नियुक्त गरेको छ । यसअघित्रिविको सिनेट बैठकमात्रिभुवनविश्वविद्यालयकाकुलपति समेत रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले आगामी पुस ७गतेभित्र सबै नियुक्ति गर्न निर्देशनदिएकाथिए ।
प्रतिक्रिया