images

काठमाडौंमा जारी नेपाल वैकल्पिकविवाद समाधान सम्बन्धिअन्तर्राष्ट्रिय सप्ताहको समापनहुँदै

काठमाडौं । काठमाडौंमा जारी ‘नेपाल वैकल्पिकविवाद समाधान सप्ताह २०२४’ आज(आइतबार) समापनहुँदैछ । नेपालअन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामाविहीबारदेखि सुरु भएको सप्ताह समापनहुनलागेको हो सप्ताहमाविवाद समाधानमा संलग्नविभिन्न देशका संस्था, विषय विज्ञ तथाव्यवसायीहरूको सहभागितामामध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्नकार्यपत्रहरु प्रस्तुत गरिएको छ । विवाद समाधानको आधुनिकीकरणः न्यायमापहुँचअभिवृद्धिका लागि एडिआरको भूमिका’भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा १७ देशकाप्रतिनिध सहभागी छन् । सप्ताहको अन्तिमदिनजलवायू परिवर्तनको असरबार विशेष सेसन चलिरहेको छ । सम्मेलनमा नेपालसहितजापान, स्विजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, यूके, न्यूजिल्याण्ड, चीन र यूएसए गरी विश्वका १७ देशकावक्ताहरूको सहभागिता रहको एडिआरका महासचिववरिष्ठ अधिवक्तामातृकाप्रसाद निरौलाले बताए । निरौलाकाअनुसार कार्यक्रमअवधिभर करार सम्बन्धीविवाद, विकास निर्माण सम्बन्धी, लगानी सम्बन्धीविवाद, संयुक्त राष्ट्र संघका मोडल कानुन सम्बन्धीव्यवस्था र मध्यस्थताएवम् मेलमिलाप सम्बन्धमान्यायपालिकाको भूमिकालगायतकाविषयमा छलफल हुने छन् । सम्मेलनमाप्रधानमन्त्री केपीशर्मा ओली, एनआईएसीकाअध्यक्ष डा.मुक्तिराम रिजाल, अध्यक्ष, नेपाल चेम्बर अफकमर्सका दीपकश्रेष्ठ उपाध्यक्ष, एफएनसीसीआईका अध्यक्षचन्द्र प्रसाद ढकाल, सर्वोच्च अदालतबार एशोसिएशन नेपालकाअध्यक्ष हरिशंकर निरौला, भारतको सर्वोच्च अदालतकापूर्व न्यायाधीशन्यायाधीश रविन्द्र भट, सर्वोच्च अदालत, नेपालकान्यायाधीशकुमार रेग्मीलगायतको उपस्थितिथियो ।
 

आइतबार​ ३० मंसिर २०८१ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया