images

प्रेस्क्रिप्सनबिना साइक्याट्रिक औषधि बिक्रि वितरण गरिएको भन्दै फार्मेसी सिल गर्ने गोकर्णेश्वरको चेतावनी

काठमाडौं- प्रेस्क्रिप्सनबिना साइक्याट्रिक औषधि बिक्रिवितरण गरिएको गुनासो आएको भन्दै त्यसो गरिएको पाइए फार्मेसी सिल गर्ने चेतावनी गोकर्णेश्वर नगरपालिकाले दिएको छ।

नगरपालिका अन्तर्गत रहेका औषधी पसल तथा क्लिनिकहरुबाट चिकित्सकको सिफारिस बिना मनोदिपक तथा साइक्याट्रिक औषधिहरु लागु औषधको रुपमा विक्रिवितरण भएको सूचना नगरपालिकाले प्राप्त गरेको बताइएको छ। मेयर दिपक कुमार रिसालले सार्वजनिक सूचना जारी गर्दै भनेका छन्, 'लागु औषध एवं दुर्व्यसन नियन्त्रण गर्न अपरिहार्य भएको हुँदा त्यस किसिमका औषधिहरु विक्रवितरण भएको भेटिएमा कानुन बमोजिमको कडा भन्दा कडा कारबाही गरिने र औषधि पसल/क्लिनिकलाई सिल गरिने व्यहोरा जानकारी गराइन्छ।'

साथै यस नगरपालिका अन्तर्गत संचालनमा रहेका अस्पताल, औषधी पसल, क्लिनिक, वैकल्पिक चिकित्सा र आयुर्वेदिक औषधी पसल नगरपालिका कार्यालयमा सूचिकृत गराउन पनि निर्देशन दिइएकव छ। दर्ता नगराइ चलाए नियमानुसार कारवाही गरिने समेत बताइएको छ। 

मङ्गलबार २ माघ २०८० ०३:२४ PM मा प्रकाशित

प्रतिक्रिया