काठमाडौँ - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको नाम अनुमोदन गरेको हो । हिजो बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।
अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश बन्ने छन् ।