images

त्रिकोणात्मक टी–२० ः पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ । सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् । सोमपाल कामी र गुलसन झा अभ्यासकोक्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् । 
 

सोमबार २ असार २०८२ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया