जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल बैंकले माग्यो कर्मचारी !

काठमाण्डौँ - सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले कर्मचारी माग गरेको छ।

बैंकले शुक्रबार असार १ गते ४६ जना स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। बैंकले छैंटौँ तहदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले १ असारदेखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।