काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दै छ ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाइएको बजेटमा छलफल हुनेछ ।