images

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र केएमसीबीच स्वास्थ्य सम्झौता  

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा। सुनीलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड ९केएमसी० र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।
अपाङ्गता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्माले तथा अपाङ्ग संघबाट केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले हस्ताक्षर गरेका छन्सम्झौताअनुसार संघको सिफारिसमा केएमसीमा स्वास्थ्योपचारमा आउने अपाङ्गता भएका बिरामीलाई बहिरङ्ग विभागमा २५ प्रतिशत र भर्ना भइ उपचार गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।त्यस्तै सरकारको स्वास्थ्य बीमामा आबद्ध भएको, विपन्न नागरिक औषधि उपचार अन्तर्गतको र अन्य निःशुल्क उपचार सेवा प्राप्त हुने अवस्थामा ती सुविधाहरुलाई प्राथमिकतामा राखी उपचार सेवा उपलब्ध हुने र ती सुविधा सकिएपछि मात्र यो सम्झौता अनुसारको सुविधा लागू हुनेसमेत उल्लेख छ ।यो सम्झौता आजका मितिदेखि आगामी असार मसान्तसम्म कायम रहने भएको छ । त्यसपछि आपसी सहमति र प्रभावकारी हेरी पुनः सम्झौता गर्न सकिनेसमेत जनाइएको छ ।बिरामीको उपचार गर्दा भने विशेष ध्यान दिइ सहयोगीसहित सेवा दिनेसमेत उल्लेख रहेको छ ।
डा। शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ 

सोमबार ३१ भदौ २०८१ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया