५ चैतमा स्ववियु निर्वाचन गराउन मध्यपश्चिम विश्वविद्यालयको निर्देशन

सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयले अदालतमा मुद्दा नपरेका क्याम्पसहरुमा यही ५ चैतमा स्ववियुको निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिदष्को बैठकले अदालतमा मुद्दा नपरेका विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा निर्वाचन गर्ने निर्णय गरेको हो।

चैत ३ गते अर्थात् आज शुक्रबार मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भनेको थियो। तर, चैत २ गते बसेको विश्वविद्यालयको बैठकले उच्च अदालत सुर्खेतले निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।