काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ ।ललितपुरस्थित ग्वाको रोयल टुलिप होटेलमा आज बिहान १० बजेबाट रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण सुरु गर्ने भएको हो । यो कार्यक्रम चैत्र ३ र ४ गते दुइदिन चल्नेछ ।कार्यक्रममा पार्टी उपसभापति र वरिष्ठ नेताले औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय गरिएको छअभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ ।दुईदिनेयोे अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी र पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदलाई यो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा १८२ सिट हासिल गरेको छ ।
प्रतिक्रिया