बहराइनमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने मौका पाएँ : सभामुख घिमिरे

काठमाडौं - सभामुख देवराज घिमिरेले बहराइनमा बर्षौदेखि काम गरिरहेका नेपालीबारे जानकारी लिन पाएको बताएका छन्।

अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६औँ महासभामा सहभागी भई नेपाल फर्किएका उनले पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाली श्रमिकहरुको काम बारे जानकारी लिएको बताए।

उनले भने, ‘यो भेटघाटले बहराइनमा रहेका नेपालीहरुले काम कसरी गरिरहेका छन् भन्ने जानकारी भयो। ठूला ठूला राजाहरुको उट फारमा हामी गएका थियौं। त्यो उट फारममा सेक्युरेटीको नेतृत्व गर्ने झापाको नेपाली रहेछन्। उनी १७ वर्षदेखि त्यहाँ काम गरिरहेका रहेछन्।’

त्यस्तै उनले महासभामा सहभागी भई नेपालको तर्फबाट आमनिर्वाचनपछि गरिरहेको काम र अबको कार्ययोजनाहरुको बारेमा तर्कहरुको गरेको बताए।