काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि पुन: अस्पताल भर्ना भएका छन् ।
उनको मुटुमा समस्या आएपछि मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुर्याइएको र आज बिहानै मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।
पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।
उनको मुटुको चाल मनिटरिङ भइरहेको बताइएको छ ।